
गण्डकी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
गोरखा
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | २०३४ सालमा तनहुँ र गोरखा जिल्ला हेर्ने गरि डिभिजन वन कार्यालय स्थापना भए यता वन संरक्षण तथा व्यवस्थापनको कार्यहरु संचालन हुन थाल्यो । वि.सं २०४० सालमा प्रत्येक जिल्लामा जिल्ला वन कार्यालय स्थापना गर्ने निर्णय भए अनुसार जिल्ला वन कार्यालय, गोरखा स्थापना भई सञ्चालन हुँदै आएको छ । २०५० सालको नँया संगठनात्मक ढाँचा अनुसार यस जिल्लालाई “घ” श्रेणीमा कायम गरी १ इलाका वन कार्यालय र ८ वटा रेञ्जपोष्टको स्थापना भएकोमा संघियता स्थापनासंगै वि.सं २०७४ को नयाँ सगठनात्मक ढाँचा अनुसार १ डिभिजन वन कार्यालय र ६ वटा सव डिभिजन वन कार्यालयमा बिभाजन गरिएको छ । हाल डिभिजन वन कार्यालयको आफ्नो पक्की भवन सहितको कार्यालय गोरखा नगरपालिका अन्तर्गत रहेको छ भने फिल्डस्तरमा ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् । | २०८२-०८-२६ | — |